नेपालगन्ज बाट रूपडिया जाँदै गर्दा जाजरकोटका ५ जनाकाे टिम अटाेमा बसे । सँगै जाँदै गर्दा एकजना दाइलाई मैले कहाँ जाने दाजु भने । उहाँले भाेट हालेर सक्यौं अब गुजरात जान लागेकाे वताए । चुनाव पहिला भाडा हालेर बाेलाए, भाेट हाल्याै, जितेपनी तर फेरि कामका लागि भारत जाँदै छु । जाने बेला भाडा दिनुन भन्दा केही वास्ता समेत गरेनन् । फेरि रिन काढेर जाँदै छु । उनी सँग एउटै गाउँका ५ जनाकाे टिम थियोे, उनी भन्थे जसरि भाेट हाल्याै, त्यसरी नेताले नेपालमै राेजगारि पाउने व्यवस्था गरेको भए यसरी किन दुख गर्नुपर्थ्याे । हामी त भाेट हाल्ने बैंक मात्र भयाै । नेता बन्छन्, माेटाउछन्, हाम्रा दुख जस्ताका त्यस्तै उनले भने । रूपडियामा भारतका विभिन्न शहर जाने चारवटा बसपार्क छन् । चारवटै बसपार्क पुग्दा भाेट हालेर भारत जानेको नेपालीको निकै लहर थियोे । गाडी नपाएर हानथाप भइरहेको थियोे ।
कर्णाली प्रदेश बाट भाेट हालेर गाउँ पुरूष बिहिन भएर भारत जाने लर्काे निकै छ । पटकपटक सरकार बन्छ, गरिबीकाे स्तर माथि बढनु भन्दा घटदै गएको पाइन्छ । अझ भारतमा काम छाेडेर भाेट हाल्न पुगेका जनता यसरी फिर्ता हुदै छन् । नेपालमै राेजगारिकाे व्यवस्थापन कहिले सम्म त ?
0 Comments