Ad Code

New post

6/recent/ticker-posts

देशभरका बालबालिकालाई ​कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने

 काठमाडौं । यो वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आउँदो कात्तिक ७ र ८ गते सञ्चालन हुने भएको छ ।


नियमित तालिका अनुसार कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यो वर्ष सो मितिमा बडादसैँ परेका कारण सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिँदै आएको छ । त्यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्व बालभिटा समेत लक्षित जिल्लाहरूमा वितरण गर्दै आएको छ ।


Post a Comment

1 Comments

  1. malai pani vitamin ko kami xa sir ka batw paune hola vandinus na

    ReplyDelete

Ad Code

Responsive Advertisement